कमेडियन अपूर्व क्षितिजले नेवारी समुदायलाई होच्याएको ठहर, १० हजार जरिवाना

कमेडियन अपूर्व क्षितिज सिंह नेवारी समुदायलाई होच्याएर कमेडी गरेको विषयमा दोषी ठहर भएका छन् ।

आइतबार अपूर्वलाई दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । न्यायाधीश कपिलमणि गौतमको इजलासले फैसला गरेको हो ।

२०७९ कात्तिकमा अपूर्वविरुद्ध अदालतमा अभियोगपत्र दायर भएको थियो । त्यसअघि नेवारी समुदायका अगुवाको जाहेरीपछि अपूर्व पक्राउ परेका थिए । प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।





  • प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार १६:५०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया