पूर्व मिस नेपाल शृंखला खतिवडा र कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले आगामी २८ गते लगनगाँठो कस्ने भएका छन् ।
केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले केही महिनाअघि मात्रै आफूहरुबीचको प्रमसम्बन्ध सार्वजनिक गरेका थिए ।
करिब दुई महिना अगाडि शृंखलाले ‘होपलेस–रोमान्टिक’ जोडीका रूपमा सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्धका तस्बिर सार्वजनिक गरेकी थिइन् ।
२०१८ मा मिस नेपालको उपाधि जितेकी शृंखला नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडा र मुनु सिग्देलकी छोरी हुन् भने सम्भव व्यवसायी कैलाश सिरोहियाका छोरा हुन् ।
उनीहरुको विवाह हायात होटलमा हुने बताइएको छ । विवाहको रिसेप्सन पार्टी पनि पुस १ गते हायातमा नै राखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।