मेसी फर्किए, तर अर्जेन्टिनालाई हारबाट जोगाउन सकेनन्

मड्रिड– चोटका कारण लामो समय मैदानबाहिर रहेका ‘गोल मेसिन’ लियोनल मेसी शनिबार मैदान छिरे । यद्यपि, उनको टिम अर्जेन्टिनाले भेनेजुएलासँग ३–१ को हार बेहोर्यो । 

रसिया विश्वकपमा फ्रान्ससँग पराजित भएयता मेसीले अर्जेन्टिनाका ६ अन्तर्राष्ट्रिय म्यच खेलेनन् । शनिबारको म्याचमा उनी खेलमा फर्किए, तर तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वीसामु आफ्नो टिमलाई हार्नबाट जोगाउन सकेनन् । 

पछिल्लो फिफा वरीयतामा अर्जेन्टिना ११औँ स्थानमा छ भने भेनेजुएला ३२औँ स्थानमा छ । 

मेसीले पूरा खेल खेले, तर खेलपछि उनले आफ्नो तिघ्रामा दुःखाइको अनुभव गरेका छन् । सम्भवतः उनी मंगलबारको मोरक्कोसँगको मैत्रीपूर्ण खेल खेल्नेछैनन् ।

दक्षिण अमेरिकी मुलुकहरुबीच मड्रिडमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनालाई परास्त गर्ने क्रममा भेनेजुएलाका सालोमोन रोन्डोन, जोन मुरिल्लो र जोसेफ मार्टिनेजले गोल गरे । अर्जेन्टिनाका लाउटारो मार्टिनेजले एक गोल फर्काए । 





  • प्रकाशित मिति : चैत ९, २०७५ शनिबार ८:५७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया