प्रधानमन्त्रीले सीधै सेना परिचालन गर्ने विधेयक कांग्रेसलाई अमान्य

काठमाडौं– नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले ‘सुरक्षा परिषदको सिफारिसविना प्रधानमन्त्रीले सीधै सेना परिचालन गर्न सक्ने’ गरी ल्याउन लागेको विधेयक नेपाली कांग्रेसले कुनै पनि हालतमा नस्विकार्ने बताएका छन् । चितवनको टॉडीमा आयोजित नेपाली कांग्रेसको प्रशिक्षण कार्यक्रममा बोल्दै कोइरालाले प्रधानमन्त्री केपी ओली शक्तिको भोको भएकाले राज्यका महत्वपूर्ण सबै निकाय आफूमातहत राखेको आरोप लगाए ।

सो विधेयकले नेपाली सेनाको मनोबल घटाउने उल्लेख गर्दै डा. कोइरालाले प्रधानमन्त्रीले सीधै सेना परिचालन गर्ने विधेयक पास भएमा त्यही दिनदेखि लोकतन्त्र समाप्तिको बाटोतर्फ लाग्ने बताए । लोकतन्त्रविरोधी र निरंकुशताको पक्षपोषण गर्ने यो विधेयक कदापि स्विकार्न नसकिने उनको भनाइ थियो । 
 
गिरिजाप्रसाद कोइराला नेतृत्वको आन्दोलनले संसद् पुनस्थापना नगरेको भए धेरै नेता अहिलेसम्म पनि जेलमै हुने भन्दै डा. कोइरालाले संसद् पुनस्थापनाकै जगमा मुलुकले अहिलेको उपलब्धि प्राप्त गरेको बताए । तर, अहिले सो मुद्दालाई पार्टीभित्रैबाट छायामा पार्ने प्रयास भएको भन्दै  दूरदराजका कर्मठ र इमानदार कार्यकर्तालार्ई पार्टीले न्याय दिन नसकेको बताए ।





  • प्रकाशित मिति : चैत ९, २०७५ शनिबार १४:२०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया