नेपाल सुपर लिग : चितवनको पहिलो जितमा विमलको गोल

काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा चितवन एफसीले पहिलो जित दर्ता गरेको छ । उसले शुक्रबार आफ्नो तेस्रो खेलमा वीरगञ्जलाई २–१ ले हराउँदै चितवनले पहिलो जित दर्ता गरेको हो । 

चितवनले पहिलो संस्करणमा कुनै पनि खेलमा स्पष्ट तीन अंक जोडेको थिएन । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा चितवनका लागि आइकोनिक खेलाडी फरवार्ड विमल घर्ती मगर र मिडफिल्डर टोरिक जेब्रीनले गोल गरे । वीरगञ्जका लागि ऐकिन्स बाफोरले एक गोल फर्काए ।  

खेलको २८ औं मिनेटमा विमलले वान भर्सेस वानमा वीरगञ्जका गोलकिपर दीप कार्कीलाई बिट गर्दै चितवनलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुआती १० मिनेटभित्रै वीरगञ्जले बराबरी गोल फर्कायो । 

युवराज खड्काले कट्ब्याक गरेको बल अबमुबारिक युसिफलाई लागेर बाहिरिएपछि वीरगञ्जले कर्नर पाएको थियो । प्राप्त कर्नरमा वीरगंज गोल गर्न सफल रह्यो ।

६८ औं मिनेटमा चितवनले खेलमा पुनः अग्रता लियो । १९ यार्ड पर मिडफिल्डर टोरिक जेब्रीनले गरेको लेफ्ट फुटेड प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।   जितसँगै चितवनले तीन खेलमा चार अंक जोडेको छ । दुवै खेलमा पराजित वीरगञ्ज अंकविहीन छ ।





  • प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार १९:४४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया