प्रियंका भन्छिन् ‘म निकै खराब पत्नी हुँ, मलाई खाना बनाउन आउँदैन् ।’

एजेन्सी– अमेरिकाको च्याट सो ‘द भ्यु’ मा प्रियंका चोपडाले आफ्नो पर्सनल लाइफका केही कुरा सेयर गरेकी छन् । यसमा उनले आफ्ना घरपरिवार,प्रेम, श्रीमान्का विषयमा बाेलेकी हुन् ।

उनले भनिन् ‘म निकै खराब श्रीमती हुँ, किनकी मलाई खाना बनाउन आउँदैन ।’ 

निक दक्षिण अमेरिकी परिवारका हुन्, जहाँका महिला खाना बनाउन निकै सिपालु हुन्छन् । निककी आमा पनि राम्रो कुक हु । म केवल अण्डा र टोस्ट बनाउनमात्रै जानेकी छु ।’

यस सोमा उनले निक जोनससँगको प्रेम, विवाह र उनको भिडियो एल्बम ‘सकर’ मा काम गर्दाको आफ्नो अनुभव सेयर गरेकी थिइन् । प्रियंका बताउँछिन् ‘मैले निकसँग म खाना बनाउन जान्दिनँ भनेँ, त्यसपछि निकले भने ‘केही छैन मलाई पनि खाना बनाउन आउँदैन् ।’

च्याट सोको एउटा फोटो प्रियंकाले इन्स्टाग्राममा सेयर गरेकी छन् । उनले लेखेकी छन् ‘मलाई सोमा बोलाउने यी महिलाहरुलाई धेरै धन्यवाद ।’ प्रियंकाले छिट्टै युट्युवमा ‘इफ आइ कुड टेल यु जस्ट वान’ सो लिएर आउने खुलासा गरेकी छन् । 





  • प्रकाशित मिति : चैत १०, २०७५ आइतबार ८:४८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया