२०२३ मा ओडिआईमा सर्वाधिक रन बनाउने चार ब्याटर, को कति सफल ?

सन् २०२३ मा नेपाली क्रिकेटले धेरै उपलब्धि हासिल गर्‍यो । नेपालले यही वर्ष एकदिवसीय विश्वकप छनोट, एसिया कप खेल्नेदेखि टी–२० विश्वकपको यात्रा गर्न सफल भयो । 

नेपालले २०२३ मा एकदिवसीय प्रतियोगिता बढी खेल्यो । जहाँ नेपालले सानदार प्रदर्शन गर्‍यो । नेपालले हासिल गरेको महत्वपूर्ण उपलब्धिमा खेलाडीको प्रदर्शन प्रशंसायोग्य रह्यो ।  

सर्वाधिक रन बनाउने चार नेपाली ब्याटर 

यो सूचीको पहिलो र दोस्रो स्थानमा ओपनिङ ब्याटरद्वय आसिफ शेख र कुशल भुर्तेलको नाम आउँछ । उनीहरूले यो वर्ष टिमका लागि राम्रो प्रदर्शन गरे । आसिफले २०२३ मा २० खेलमा ५ सय ९५ रन बनाए । त्यसक्रममा उनले पाँच अर्धशतक र एक शतक प्रहार गरे । 

योसँगै आसिफ नेपालका लागि एकदिवसीय इतिहासमा सर्वाधिक रन बनाउने मामलामा दोस्रो स्थानमा उक्लिए । उनले हालसम्म ४३ एकदिवसीय खेलमा १० अर्धशतक र एक शतकको सहयोगमा १ हजार २५० रन बनाए । यस्तै, यो वर्ष ओडिआईमा सर्वाधिक रन बनाउने मालामा दोस्रोमा रहेका कुशलले २१ खेलमा तीन अर्धशतक र एक शतकको सहयोगमा ५ सय ९० रन बनाए । 



उनी समग्रमा नेपालका लागि यो प्रारूपमा सर्वाधिक रन बनाउने मामलामा तेस्रो स्थानमा छन् । कुशलले हालसम्म ४६ ओअिडाई म्याचमा ६ अर्धशतक र एक शतकसहित १ हजार ३२ रन बनाएका छन् ।  



सन् २०२३ मा सर्वाधिक रन बनाउने नेपाली ब्याटरको सूचीको तेस्रो स्थानमा युवा अलराउन्डर कुशल मल्ल रहेका छन् । उनले यस वर्ष २१ खेलमा ५ सय ४९ रन बनाए । त्यसक्रममा कुशलले तीन अर्धशतक र एक शतक हिर्काए । हालसम्म उनले २९ एकदिवसीय म्याच खेल्दा चार अर्धशतक र एक शतकको मद्दतमा ६ सय ३४ रन बनाएका छन् । 

यस्तै, यो वर्ष सर्वाधिक रन बनाउने नेपाली ब्याटरको सूचीमा कप्तान रोहितकुमार पौडेलको नाम चौथो स्थानमा रह्यो। उनले सन् २०२३ मा २२ खेलमा तीन अर्धशतकसहित ५ सय २९ रन बनाए । 

रोहित अहिलेसम्म एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने मामलामा भने शीर्ष स्थानमा छन् । उनले हालसम्म  ओडिआई म्याच खेल्दा ८ अर्धशतक र एक शतकको मद्दतमा सर्वाधिक १ हजार ४७४ रन बनाएका छन् । 


  • प्रकाशित मिति : मंसिर २१, २०८० बिहीबार ८:४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया