सेफ्टी ट्याङ्कीमा परेर गैँडा मर्यो

भरतपुर महानगरपालिका–२३ जगतपुरमा रहेको टाइगर ल्याण्ड होटलको सेफ्टी ट्याङ्कीमा परेर शनिबार राति एउटा गैँडा मरेको छ । निकुञ्जसँगै रहेको सो होटलको सेफ्टी ट्याङ्कीको ढकनी कमजोर भएका कारण गैँडा ट्याङ्कीमा खसेको हो । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार अन्दाजी २५ वर्षको पोथी गैँडा ट्याङ्कीमा खसेको हो । बाहिर निस्कन नसकेपछि निस्सासिएर गैँडा मरेको उनले बताए । 

अहिले मरेको गैँडालाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । गैँडाको ढाड मात्र देखिएको छ । झण्डै ६ महीनाअघि सुस्ताबाट उद्धार गरी ल्याइएको गैँडा ट्याङ्कीमा खसेको ढकालले बताए । 
 






  • प्रकाशित मिति : चैत १०, २०७५ आइतबार १३:४६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया