एनसेल प्रकरणबारे अध्ययन गर्न बनेको उच्चस्तरीय समितिले पायो ३० दिनको समय

सरकारले एनसेलको ८० प्रतिशत सेयर खरिद-बिक्री प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा संयोजक तथा सदस्यहरूमा  फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्ले रहने गरी पाँच सदस्य समिति गठन गरेको हो ।

समितिलाई उक्त प्रकरणको अध्ययन गर्न ३० दिनको समय दिइएको छ । प्रक्रिया पुरा नगरी एनसेलको ८० प्रतिशत सेयर खरिद-बिक्री गरेर चलखेल भएको भन्दै सरकारले असन्तुष्टि जनाएको छ ।

एनसेलको सेयरको खरिदबिक्रीका सम्बन्धमा उठेका प्रश्नको विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति बनाइएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । 





  • प्रकाशित मिति : मंसिर २१, २०८० बिहीबार ११:४२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया