वृद्धद्वारा आफैँलाई आगो लगाएर आत्महत्या

महोत्तरी– महोत्तरीका एक वृद्धले आफैँलाई आगो लगाएर आत्महत्या गरेका छन् । महोत्तरी रामगोपालपुर नगरपालिका ६० वर्षीय सूर्यदेव मुखियाले  आफैँले आगो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार मुखियाले शनिबार दिउँसो घरमा कोही नभएको मौका पारेर आफ्नो शरीरमा आगो लगाएका थिए । उपचारका क्रममा उनको राति मृत्यु भएको हो । 

शनिबार दिउँसो घरमा कोही नभएको बेला शरीरभरि कपडा बेरी मट्टितेल छर्केर आफैँले आगो लगाएको प्रहरीले जनाएको छ । 

मुखियाको अवस्था गम्भीर भएपछि परिवारजनले उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगेको तर उपचारको क्रममा उनको मृत्यु भएको थियो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 





  • प्रकाशित मिति : चैत १०, २०७५ आइतबार १५:५५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया