राजेन्द्र पाण्डेको टिप्पणी : एनसेलको शेयर खरिद-बिक्री नभइ नाटक मात्र हो
फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले एनसेलको शेयर खरिद–बिक्री नभइ खरिद बिक्रीको नाटक मात्रै गरिएको बताएका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एनसेलको शेयर खरिद–बिक्री नभएको टिप्पणी गरेका हुन् । पाण्डेले शेयर खरिद बिक्री नभइ खरिद–बिक्रीको नाटक मात्रै गरिएको बताए ।

पहिल्यै सम्बन्धित व्यक्तिको श्रीमतीको नाममा २० प्रतिशत शेयर रहेको उल्लेख गर्दै उनले अर्को कम्पनी खडा गरेर श्रीमानको नाममा ८० प्रतिशत शेयर लिनु नै नाटक भएको उनको भनाइ छ । यस प्रकरणमा राज्यले गम्भीरतापूर्वक ध्यान पुर्‍याउनुपर्ने बताए ।  

सांसद पाण्डेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुशासन कायम गर्न नसकेको बताए । उनले कर्मचारी परिचालनको सम्बन्धमा मन्त्रालयबाट नकारात्मक काम भइरहेको बताए । 

पाण्डेले स्थानीय तहहरूमा प्रशासकीय प्रमुखहरूलाई स्वार्थ अनुकूल सरुवा गर्ने गरिएको भन्दै यसले गर्दा राजनीतिक प्रणालीप्रति नै प्रश्न उठ्न थालेको बताए । 





  • प्रकाशित मिति : मंसिर २२, २०८० शुक्रबार १९:५७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया