सिंगापुरमा कोरोना संक्रमण बढ्दो

सिंगापुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित र अस्पतालमा भर्ना हुने बिरामीको संख्या लगातार बढिरहेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार चेतावनी जारी गर्दै यस्तो जानकारी दिएको हो ।
 
बढ्दो संक्रमणका कारण देशका अस्पतालमा चाप बताँउदै त्यहाँको स्वास्थ्य मन्त्रालयले धेरै आत्तिनुपर्ने अवस्था भने नभएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मार्चसम्म २८ हजारभन्दा बढी संक्रमित भएका छन् । 

शुक्रबार सार्वजनिक हुने दैनिक तथ्यांकअनुसार यो साता १ सय ३६ जनाबाट बढेर २ सय २५ पुगेको छ । तथ्यांकअनुसार नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म कोभिड–१९ का नौ गम्भीर घटना सार्वजनिक भएका छन् । 

यी सबै बिरामीलाई आइसियूमा भर्ना गरिएको छ । मार्चमा ५३ र अप्रिलमा ५४ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयले नागरिकलाई उनीहरूको कोभिड १९ को खोपको बारेमा अपडेट रहन पनि आग्रह गरेको छ । 





  • प्रकाशित मिति : मंसिर २३, २०८० शनिबार १५:५६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया