एनसेलबारे छानबिन गर्न गठित समितिविरुद्ध स्वतन्त्र नागरिक समूहको खबरदारी (फोटोफिचरसहित)

स्वतन्त्र नागरिक समूहले एनसेल खरिद–बिक्री प्रकरण र विवादास्पद छानबिन समितिको विरुद्ध खबरदारी गर्दै प्रदर्शन गरेको छ । 

शनिबार काठमाडौंको लैनचौरस्थित एनसेल केन्द्रीय कार्यालयमा समूहले एनसेल समितिविरुद्ध खबरदारीका लागि विरोध प्रदर्शन गरेको हो । 

प्रदर्शनका सहभागीहरुले राज्यको कर छल्न पाइँदैन, भ्रष्टाचारीलाई चोख्याउने छानबिन समिति मान्दैनौँ, दुई परिवार बचाउन छानबिनको नाममा नाटक मञ्चन बन्द गर जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

प्रदर्शनमा नागरिक आन्दोलनका सहप्रवक्ता राजानन्द माण्डवीले एनसेल खरिदबिक्री प्रकरण छानबिन समिति बनाए पनि आफ्नै मानिसले ढाकछोप गर्ने देखिएको भन्दै त्यसको विरुद्धमा विरोध प्रदर्शन गरेको बताए । 

उनले सरकारमा बसेकाहरुले नै देश लुट्ने काम गरिरहेको भन्दै गरिबलाई झन गरिब बनाइरहेको बताए । 

उनले भने, ‘हामीले जसलाई सरकार चलाउन पठायौँ, तिनैले आज देशलाई लुट गरे । पुँजी हुनेलाई झन् पैसा वृद्धि गराए, नहुनेलाई गरिबमाथि गरिब बनाए । सरकारलाई अनुरोध छ, छानबिनका लागि गठन गरिएको समितिले पनि केही गर्नेवाला छैन । समिति पनि आफ्नै मानिसले ढाकछोप गर्ने देखिएको छ । त्यसैले आन्दोलनमा आएका हौँ ।’





 

 

 

 

  • प्रकाशित मिति : मंसिर २३, २०८० शनिबार २०:६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया