राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै, के छन् एजेन्डा ?
फाइल तस्बिर

राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक आज हुँदैछ । 

काठमाडौंमा बिहान ११ बजे सुरु हुने बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यस्तै, महामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले संगठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने तय भएको छ । 

पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत हुने ‘भ्रष्ट व्यवस्थाको अन्त्य, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण’ सम्बन्धी  राजनीतिक कार्यपत्र शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले परिमार्जनसहित अनुमोदन गरेको थियो । 

केन्द्रीय समिति बैठकपछि मोर्चा निर्माण र आन्दोलनको तयारी बारेमा निर्णय गर्ने महामन्त्री राजाराम बर्तौलाले बताए । उनका अनुसार बैठक दुई दिन चल्नेछ । 





  • प्रकाशित मिति : मंसिर २४, २०८० आइतबार ८:४७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया