एनएसएलमा विमलको चितवन र अनन्तको ललितपुर भिड्दै
फाइल तस्बिर

काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा आज ललितपुर सिटी एफसी र एफसी चितवन प्रतिस्पर्धा गर्दै छन् । यी दुई टिमबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ र 

यसअघिका चार खेलमध्ये एकमा जित र तीन खेलमा बराबरी गरेको ललितपुर तालिकाको चौथो स्थानमा छ ।  आइतबारको खेलमा जित निकाले ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिनेछ ।

चार खेलबाट पाँच अंक जोडेको चितवन तालिकाको पाँचौँ स्थानमा छ । चितवनले यसअघि एक खेलमा जित, दुई खेलमा बराबरी गरेको छ । एक खेलमा हार बेहोरेको छ । 

ललितपुरसँग जित्न सके चितवन तालिकाको शीर्ष चारमा प्रवेश गर्नेछ ।
 





  • प्रकाशित मिति : मंसिर २४, २०८० आइतबार १०:३७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया