देशमा सबै कुरा राम्रो छ, नेताहरू भ्रष्ट भए : पूर्वप्रधानन्यायाधीश कार्की
फाइल फाेटाे

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी छन् । आइतबार मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित ‘लोकतन्त्रको प्राणः सुशासन र सद्भाव’विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले देशमा भ्रष्टाचार नहुने वतावरण बनाउनुपर्ने बताएकी हुन् । 

उनले देशमा सबै कुराहरू राम्रो भएपनि नेताहरु भने भ्रष्ट रहेका बताइन् । उनले भोलि आउने नेताहरू पनि भ्रष्ट हुने अवस्था रहेको भन्दै देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनु जरुरी रहेको बताइन् । उनले भ्रष्टाचारको सन्दर्भमा नेताहरूलाई मात्रै दोष दिन भने नमिल्ने बताइन् । उनले देशमा भ्रष्टाचार गर्न अघि नबढ्ने कोही नभएको भन्दै सबैले भ्रष्ट मानसिकतालाई त्याग्नुपर्ने बताइन् । 

उनले भनिन्, ‘हामी धेरै निराश पनि हुनुहुँदैन । मुलुक छ हामीसँग । माटो छ । राज्य बन्ने कुरा त जनता पनि छ । सबै कुरा छ नभएको होइन । एउटै हामीसँग बेकम्मा के पर्यो भने भ्रष्ट नेताहरू पर्यो । तर एक दिनको कुरा होइन । भोलि आउने पनि यस्तै हुन्छ । अहिले जो नयाँ–नयाँ भएर आएका छन् त्यो पनि त्यस्तै हुन्छ । तर वातावरण बनाउनु पर्यो ।’

पूर्वप्रधानन्यायाधीश कार्कीले सरकारको मानसिकता ‘जफत गर्ने’ मात्रै भएको टिप्पणी गरिन् । उनले नागरिकसँग भएका जेथाहरु समेत राजनीतिक दलका कार्यकर्ताले जफत गर्ने गरेका बताइन् । उनले राजनीतिक दलहरू सँग गुण्डा, फटाहा र मवाली मात्रै कार्यकर्ताहरू रहेका बताइन् । आम नागरिकमा आर्थिक अभाव भएपनि दलका कार्यकर्ताहरूसँग भने करोडौँ सम्पती भएको उनले बताइन् ।  





  • प्रकाशित मिति : मंसिर २४, २०८० आइतबार २०:४९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया