जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको बहुपक्षीय प्रभावको बारेमा कोप २८ मा छलफल

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको बहुपक्षीय प्रभावको बारेमा कोप २८ मा छलफल भएको छ । पर्वतीय दिवस (माउण्टेन डे)को सन्दर्भमा सोमबार कोप २८ को नेपाल पभेलियनमा माउण्टेन क्षेत्रमा परेको बहुपक्षीय असरका बारेमा छलफल भएको हो । 

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी र इसिमोडको संयुक्त आयोजनामा सोमबार माउण्टेन क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर र त्यसका समाधानका उपयाहरूको सन्दर्भमा छलफल भएको हो ।

हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर बढिरहेको सन्दर्भमा बहुदेशीय, बहुप्रकोप, पूर्वसूचना प्रणालीको विकास, पूर्वसूचनाका लागि चाहिने भौतिक संरचना, क्षमता अभिवृद्धिसँगै प्रकृतिमा आधारित अन्य समाधानको बारेमा यस क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाले आफ्नो अनुभव र समाधानका उपायबारे कार्यक्रममा राखेका थिए । 

हिन्दुकुश पर्वतीय क्षेत्रको तल्लो तटीय क्षेत्रमा बस्ने दुई अर्ब मानिसहरू जलवायु परिवर्तनको जोखिममा रहेको हुनाले यसको समाधानको लागि सबै क्षेत्र र सरोकारवालाहरुको सक्रिय भूमिका आवश्यक रहेकोमा विज्ञले जोड दिएका थिए ।





  • प्रकाशित मिति : मंसिर २५, २०८० साेमबार २२:३९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया