सैन्य शक्ति बढाउँदै रुस

रुस लगातार आफ्नो सैन्य शक्ति बढाउनमा लागिरहेको छ । सोमबार मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई आणविक पनडुब्बी (पानी जहाज) को झण्डा फहराउने समारोहमा सहभागी भएका थिए । 

पुटिनले सेभमाश जहाज निर्माण यार्डमा अलेक्ज्याण्डर थर्ड र क्रास्नोयार्स्क पनडुब्बीहरू हेर्न उत्तरी सहर सेभेरोडभिन्स्कको भ्रमण गरेका गरेका हुन् । उनले यसलाई रुसी नौसैनिक शक्ति प्रक्षेपण गर्ने रणनीतिक प्रयासको एक हिस्साको रूपमा ब्याख्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पुटिनले दुवै आणविक ऊर्जा जहाज दुई फरक पनडुब्बी शृङ्खलाको हिस्सा भएको र रुसले तैनाथ गर्न लागेको बताए । यी चाँडै प्रशान्त क्षेत्रमा तैनाथ गरिने पनि जानकारी दिए ।

पुटिनले आर्कटिक, ब्ल्याक सी, बाल्टिक सागर, क्यास्पियन सागर र विश्वका महासागरको सबैभन्दा महत्वपूर्ण रणनीतिक क्षेत्रमा रुसी नौसेनाको लडाई तयारीलाई तीव्र बनाइरहेका छन् ।  
 





  • प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार ९:५६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया