जिम्बाब्वेमा खडेरी : धमाधम मर्दै हात्ती

जिम्बाब्वेमा खडेरीको कारण कम्तीमा १ सयवटा हात्ती मरेका छन् । जिम्बाब्वेस्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा १ सयवटा हात्तीको मृत्यु भएको अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले सोमबार जनाएको छ ।

पशु कल्याणको लागि अन्तरराष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञप्ति अनुसार  हाल सो खडेरीका कारण ग्रीष्मकालीन वर्षा सामान्यभन्दा पाँच हप्ता ढिलो सुरु भएको छ । जसका कारण  झन्डै ४५ हजार हात्तीको बास स्थान रहेको जिम्बाब्वेको सबैभन्दा ठूलो संरक्षित क्षेत्र ह्वान्गे राष्ट्रिय निकुञ्जमा दर्जनौं हात्तीहरू मरेका छन् ।

‘कम्तीमा पनि एक सय हात्तीहरू पानीकै अभावका कारण मृत्यु भएको कोषले उल्लेख गरेको  छ । संस्थाको पार्कमा रहेका १०४ वटा सौर्य ऊर्जाबाट चल्ने बोरहोल चरम तापक्रमसँग मिलाउन अपर्याप्त रहेको बताइएको छ । 

खडेरीले गर्दा पानीका मुहान सुक्दै गएको र वन्यजन्तुलाई खाना र पानीको खोजीमा लामो दूरीसम्म हिँड्न बाध्य पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 





  • प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार १३:४७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया