इराकी राष्ट्रपति पहिलोपटक साइप्रस भ्रमणमा

इराकी राष्ट्रपति अब्दुल लतिफ रशिदले सोमबार साइप्रसको औपचारिक भ्रमण गरेका छन् । पूर्वी भूमध्यसागरीय टापुले ६३ वर्षअघि स्वतन्त्रता पाएपछि भ्रमण पहिलोपटक भएको हो । 

साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलिड्सले संयुक्त पत्रकार सम्मेलनमा इराकी राष्ट्रपतिको भ्रमण ऐतिहासिक र प्रतीकात्मक भएको बताए । रशिदले यो भ्रमणले दुई मित्र राष्ट्रबीचको द्विपक्षीय सम्बन्धमा नयाँ युगको थप सुदृढीकरणको जग बसाल्ने बताए ।

साइप्रसका राष्ट्रपतिले इराकसँगको अर्थतन्त्र, लगानी, सुरक्षा र आतंकवादसँग लड्ने जस्ता सहयोगका विभिन्न क्षेत्रहरूमा सहयोग मिल्ने बताए । उनीहरूबीचको छलफल मध्यपूर्वको अवस्था र गाजाको सङ्कटका विषयमा पनि भएको बताइएको छ । 





  • प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार १४:१६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया