गाजामा इजरायली आक्रमण : मृतक प्यालेस्टाइनीको संख्या साढे १८ हजार नाघ्यो

गाजामा इजरायलको आक्रमणमा मारिने प्यालेस्टाइनी नागरिकको संख्या १८ हजार ४ सय पुगेको छ ।

७ अक्टोबरमा हमास–इजरायल द्वन्द्व सुरु भएपछि गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या १८ हजार ४ सय नाघेको हो । साथै मंगलबार वेस्ट बैंकको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ । 

इजरायली सेनाले मंगलबार जेनिन सहर र यसको शरणार्थी शिविरमा छापा मारेको थियो । धेरै घण्टासम्म चलेको सैन्य कारबाहीमा चार जनाको मृत्यु भएको प्यालेस्टाइनले जनाएको छ ।   





  • प्रकाशित मिति : मंसिर २७, २०८० बुधबार १२:८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया