कोप २८ प्रमुखद्वारा ‘ऐतिहासिक’ जलवायु सम्झौता स्वीकृत भएको घोषणा

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सनका पक्षराष्ट्रहरूको सम्मेलनको २८औँ सत्र ‘कोप २८’ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले संयुक्त राष्ट्रसंघको जलवायु शिखर सम्मेलनका पक्षहरू ‘ऐतिहासिक’ जलवायु परिवर्तन नियन्त्रणका लागि प्रस्तावित सम्झौतामा सहमत भएको बुधबार घोषणा गरेका छन् । 

अल जाबेरले भनेका छन्, ‘यो एक उन्नत, सन्तुलित जलवायुनियन्त्रण कार्यलाई गति दिनको लागी एक ऐतिहासिक दस्तावेज हो । यो यूएई सहमति हो ।’ 

यस सम्झौतामा जलवायु परिवर्तनसँग जुध्न अनुकूलन, वित्त, लचिलोपन र जीवाश्म ईन्धनलगायत अन्य उपायहरू उल्लेख गरिएको छ । 

कोप २८ अन्तिम सम्झौताको अघिल्लो मस्यौदामा देखिएको गतिरोधका कारण मंगलबार मध्याह्नको आधिकारिक समापन समयभन्दा बढी लम्ब्याइएको थियो । 





  • प्रकाशित मिति : मंसिर २७, २०८० बुधबार १७:४०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया