सरकारको एकवर्षे कार्यकाल पूर्ण असफल : डा. बाबुराम भट्टराई

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले वर्तमान सरकार पूर्ण असफल रहेको बताएका छन् । बाह्य लगानी घटेको, व्यापार घाटा बढेको, विकास खर्चसमेत लक्ष्यअनुसार नभएको उल्लेख गर्दै डा. भट्टराईले सरकार असफल भएको बताएका हुन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारको एकवर्षे कार्यकालबाट जनता समेत सन्तुष्ट हुन नसकेको दाबी गर्दै भने, ‘राजश्वको लक्ष्य पनि पूरा हुन सकेन, व्यापार घाटा बढेर गयो, लगानी घट्यो, भनेर सरकार आफैँले भनिरहेको छ । यी सबै हिसाबले सरकार असफलतातिर उन्मुख भइरहेको छ ।’

मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि सरकारले आवश्यक कदम चाल्न नसकेको उल्लेख गर्दै भट्टराईले अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन कायम गर्नसमेत सरकार असफल रहेको बताए । 





  • प्रकाशित मिति : चैत ११, २०७५ साेमबार १४:०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया