अब हुनेछ दीपिका र अजयको वास्तविक टक्कर !

एजेन्सी— बलिउड फिल्म उद्योगमा जब दुई ठूला कलाकारले अभिनय गरेको फिल्मको मिति एकै दिन तोकिन्छ, तब बलिउडमा यसै विषयमा व्यापक चर्चा हुन्छ । जस्तो कि गत साता सलमान खानले सन्जय लिला भन्सालीले निर्देशन गर्ने उनी र आलिया भट्ट खेल्न फिल्म ‘इंशाअल्लाह’ सन् २०२० को इदमा रिलिज हुने बताए । लगत्तै अक्षय कुमारले अभिनय गरेको रोहित शेट्टीको फिल्म सूर्यवंशी पनि त्यही समयमा गर्ने भनियो । 

यसले बलिउडमा नयाँ चर्चा सुरु गर्यो । तर, सोमबार बिहान रिलिज भएको एउटा पोस्टरले अहिले बलिउडमा नयाँ तरंग ल्याएको छ । पोस्टर हो, फिल्म छपाकको । दीपिका पादुकोण अभिनित यो फिल्म १० जनवरी २०२० मा रिलिज हुँदैछ । तर, यही दिन अजय देवगनको फिल्म तानाजी पनि रिलिज हुँदैछ । देवगनको ‘तानाजीः द अनसंग वारियर’मा सलमान खान, काजोर र सैफ अलि खान मुख्य भूमिकामा छन् । दीपिकाको फिल्म छपाक चाहिँ एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको कथा हो । 

तर, यो अजय र दीपिकाको फिल्म जुध्न लागेको पहिलो पटक हो । त्यसैले अहिले बलिउडमा सबैले चर्चा गरेका छन्– अब देखिनेछ दीपिका र अजयको वास्तविक टक्कर !





  • प्रकाशित मिति : चैत ११, २०७५ साेमबार १५:२८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया