अधिकांश विद्यार्थीको रोजाइमा अष्ट्रेलिया नै किन ? यस्ता छन् कारण

अष्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीका लागि शैक्षिक हब बनिरहेको छ । केही वर्षयता अष्ट्रेलिया नेपाली विद्यार्थीका लागि पनि प्रमुख शैक्षिक गन्तव्य बन्दै आएको छ ।

विश्वव्यापी मान्यता प्राप्त शैक्षिक डिग्री, लगानीको सुरक्षा, सहज जीवनयापन र रोजगारीको राम्रो अवसरका कारण अष्ट्रेलियाप्रति अन्तर्राष्ट्रिय विद्यार्थीको आकर्षक बढिरहेको छ । यस्तै, विविध कारणले गर्दा नेपाली विद्यार्थीको प्रमुख गन्तव्य बन्दै आइरहेको छ, अष्ट्रेलिया ।

नर्सिङ, आइटी, इन्जिनियर, हस्पिटालिटी, विजनेश, पब्लिक हेल्थ, प्रोजेक्ट म्यानेजमेन्ट विषयमा अध्ययन गर्ने योजना गरिरहेका नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया पहिलो विकल्प बनिरहेको छ ।

अष्ट्रेलियन सरकारले ल्याएको विदेशी विद्यार्थीमैत्री नीतिले पनि पढ्न जानेका लागि अष्ट्रेलिया उपयुक्त गन्तव्य बन्दै गएको हो । अन्तर्राष्ट्रिय विद्यार्थीको प्रमुख गन्तव्य बन्दै गइरहेको अष्ट्रेलिया छनोटका विविध कारण छन् । तीमध्ये केही कारणलाई यस आलेखमा समेट्ने प्रयास गरिएको छ ।

अष्ट्रेलिया नै किन ?



अष्ट्रेलिया उत्कृष्ट शैक्षिक सुविधाहरूसहितको विशिष्ट देश हो । अष्ट्रेलियामा एक गुणस्तरीय शिक्षा प्रणाली रहेको छ । जुन विश्वव्यापीरूपमा परिचित छ । त्यसैले अष्ट्रेलिया शैक्षिक अवसरको उच्चस्तरको लागि प्रसिद्ध छ । अष्ट्रेलियामा १ हजार १ सयभन्दा बढी विश्वविद्यालय छन् । जसमध्ये सातवटा विश्वविद्यालय विश्वका उत्कृष्ट १ सय विश्वविद्यालयभित्र परेका छन् । जसले गर्दा अष्ट्रेलियामा विद्यार्थीले अत्याधुनिक अनुसन्धान सुविधा र नवीन शिक्षण विधिको पहुँचको आधारमा उत्कृष्ट विश्वविद्यालयबाट उच्च गुणस्तरको शिक्षा प्राप्त गरिरहेका छन् । 

शिक्षामा अवसर नै अवसर 



अष्ट्रेयाली विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीलाई केन्द्रित गरेर विभिन्न पाठ्यक्रम तयार गरेको छ । अष्ट्रेलियमा नर्सिङ, आइटी, इन्जिनियर, हस्पिटालिटी, विजनेश, पब्लिक हेल्थ, प्रोजेक्ट म्यानेजमेन्ट, मानविकी, कलासहित विभिन्न विषयमा अध्यापन गराइँदै आइएको छ । अष्ट्रेलियामा विद्यार्थीले आफूलाई उचित लागेको विषय छनोट गरेर पढ्न पाउँछन् । गुणस्तर उच्च शिक्षाको खोजीमा रहेका विद्यार्थीलाई अष्ट्रेलियाले उच्च स्तरीय गुणस्तर शिक्षा प्रदान गर्न हर प्रयास गर्छ । त्यसैले पनि अष्ट्रेलियामा नेपालसहित अन्य राष्ट्रका विद्यार्थीको ओइरो लाग्ने गर्छ । 

सिकाई–बसाईमा सहज

अमेरिका, क्यानडा, बेलायत जस्ता देशको तुलनामा अष्ट्रेलियामा शिक्षण शुल्क र जीवनयापन गर्न आवश्यक पर्ने खर्च कम छ । यहाँ अध्ययन गर्न चाहने विद्यार्थीले कलेजको होस्टेल वा आफैं कोठा लिएर बस्न सक्ने विकल्प रोज्न सक्छन् । अष्ट्रेलियामा पढाइसँगै काम गर्ने अवसर पनि प्रदान गरिन्छ । अष्ट्रेलियामा पढ्दै र कमाउँदै आफ्नो जीवनयापन गर्न सकिने भएकाले पनि यो देश धेरै अन्तर्राष्ट्रिय विद्यार्थीको शैक्षिक हब बन्न पुगेको छ । अष्ट्रेलिया नेपाली अधिकांश विद्यार्थीको रोजाइमा पर्नुको प्रमुख कारण यहाँको सहज जीवनयापन पनि हो ।

अध्ययनपछि कामको अवसर 

अष्ट्रेलियामा अध्ययन गर्ने विद्यार्थीले अध्ययनकै क्रममा प्रति १५ दिनमा ४० घण्टा काम गर्ने अवसर प्राप्त गर्छन् । यस अवधिमा विद्यार्थीले शैक्षिक सिकाइसँगै व्यावहारिक ज्ञान पनि हासिल गर्न सक्छन् । यसबाट उनीहरूले जीवनमा उपयोगी काम पनि सिक्छन् । साथै अर्कोतर्फ जीवन सहज तरिकाले अगाडि बढाउनका लागि कामअनुसारको पारिश्रमिक पाउँछन् ।  

स्थायी बसोबासका लागि अवसर 

अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई स्थायी बसोबासको अवसर पनि प्रदान गर्छ । अध्ययनपश्चात नेपाली विद्यार्थीले पीआर भिसाका निवेदन दिएपछि अष्ट्रेलियन सरकारले स्थायी बसोबासका लागि अनुमति दिन्छ । स्थायी बसोबासका लागि अनुमति पाइसकेका अष्ट्रेलियन नागरिक सरह नै सेवासुविधा उपभोग गर्न पाइन्छ । यही कारणले पनि धेरै विद्यार्थीको रोजाइमा अष्ट्रेलिया पर्ने गरेको छ । 

सुरक्षित र स्वागतयोग्य वातावरण

अष्ट्रेलिया विश्वमा कम अपराध हुने देशमा गनिन्छ । जहाँ अपराध कम हुन्छ, त्यहाँ सुरक्षाको ग्यारेन्टी हुन्छ । अष्ट्रेलिया सुरक्षित वातावरणको लागि प्रसिद्ध छ । मैत्रीपूर्ण र बहुसांस्कृतिक समाजले अन्तर्राष्ट्रिय विद्यार्थीलाई स्वागत गर्दछ । जसकारण अन्तर्राष्ट्रिय विद्याथीैलृ आफ्नोपनको आभास गर्न पाउँछन् । 

सुन्दर दृष्य र विविध संस्कृति

हिन्द महासागरले घेरिएको अष्ट्रेलिया आफैंमा एक महादेश हो । अष्ट्रेलिया प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण देश हो । यहाँका समुन्द्री तटले विश्वलाई लोभ्याइरहेको छ । यहाँ अन्तर्राष्ट्रिय विद्यार्थीले अध्ययनका साथै मनोरञ्जन प्राप्त गर्न सक्छन् ।

रोजगारीको सुनिश्चितता

अष्ट्रेलियाको बलियो अर्थतन्त्र र फस्टाइरहेको रोजगार बजारले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि रोमाञ्चक भविष्य निमार्णको लागि विभिन्न अवसरहरू प्रदान गर्दछ । अष्ट्रेलियन विश्वविद्यालयबाट अध्ययन पूरा गरिसकेपछि विद्यार्थीले विश्वको जुनसुकै कुनामा गएर पनि रोजगारी पाउँछन् । रोजगारीका विभिन्न अवसर विभिन्न स्थानमा सहजै पाइने भएकाले पनि अष्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीको प्रमुख गन्तव्य बनिरहेको छ ।

सहज भिसा आवेदन प्रक्रिया

अन्य देशको तुलनामा अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको लागि अपेक्षाकृत सरल भिसा आवेदन प्रक्रिया प्रदान गर्छ । अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको स्वागतका लागि सहज भिसा आवेदन प्रक्रिया प्रदान गर्दै आइरहेको छ । यसका साथै भिसा आवेदनका लागि दिशानिर्देश गर्ने कार्य पनि अष्ट्रेलियाले गर्दै आइरहेको छ । 

उच्च गुणस्तरको जीवनयापन

अष्ट्रेलियामा स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन सकिन्छ । गुणस्तर जीवनयापन प्रदान गर्ने उत्कृष्ट देशहरूको सूचीमा अष्ट्रेलिया पनि पर्छ । अन्तर्राष्ट्रिय विद्यार्थीले उत्कृष्ट स्वास्थ्य सेवा, बलियो सामाजिक सुरक्षा, विश्वस्तरीय सुविधा र मनोरञ्जनका गतिविधि सहजै पाउने भएकाले अष्ट्रेलियालाई रोज्ने गरेका छन् ।

(​खड्का हब इन्टरनेशलन एजुकेशनकी सिइओ हुन् ।)  

  • प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार १५:३३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया