अर्जेन्टिनामा शक्तिशाली आँधी : १३ जनाको मृत्यु

अर्जेन्टिनाको बहिया ब्लाङ्कामा रहेको ब्युनस आयर्स बन्दरगाहमा शक्तिशाली आँधी आएको छ । शनिबार आएको आँधीमा परि १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

त्यहाँको मेयर कार्यालयको सूत्रका अनुसार भारी वर्षा र हावाका कारण स्केटिङ प्रतियोगिता भइरहेको बहिया ब्लाङ्काको छतसमेत आँधीसहितको हावाहुरीले उडाएको छ । 

‘दुर्भाग्यवश आपत्कालीन सेवाले बहिन्से डेल नोर्टे क्लबमा १३ जनाको ज्यान गएको पुष्टि गरेको छ,’ नगरपालिकाले विज्ञप्तिमा भनेको छ । 

उक्त शहरमा १ सय ४० किलोमिटर प्रतिघन्टाभन्दा पनि बढीको वेगले हावा चलेको बताइएको छ । तीव्र गतिको हावा आएसँगै केही भागमा विद्युत समेत अवरुद्ध भएको जनाइएको छ ।  





  • प्रकाशित मिति : पुस १, २०८० आइतबार १३:५५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया