आइएसएलमा किरणसम्मिलित पञ्जाब एफसीको पहिलो जित
फाइल तस्बिर

राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङसम्मिलित पञ्जाब एफसीले भारतमा जारी इण्डियन सुपर लिग (आइएसएल) मा पहिलो जित दर्ता गरेको छ ।

पहिलो जित निकाल्नेक्रममा पञ्जाबले दुईपटकको विजेता चेन्नई एफसीलाई १–० गोल अन्तरले हराएको हो । गएराति सम्पन्न खेलमा पञ्जाबको जितमा फ्रेन्च फुटबलर मदिह तलालले निर्णायक गोल गरे ।

उनले खेलको ५६औँ मिनेटमा गोल गरेका थिए । किरणले यस खेलमा क्लिन सिट राख्न सफल भए । यो जितपछि पञ्जाब १०औँ स्थानमा कायमै छ । उसले ११ खेल खेल्दा पाँच बराबरी, पाँचमा हार तथा एक खेलमा जित निकालेको छ ।

पञ्जाबको ११ खेलबाट ८ अंक छ । पराजित चेन्नई छैटौँ स्थानमा छ । उसले ११ खेल खेल्दा तीनमा जित, तीनमा बराबरी तथा पाँच खेलमा हारको सामना गरेको छ । 

यसअघि ‘राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण’ हुनुपर्नेमा अन्यथा भएकोमा क्षमाप्रार्थी छौँ । –सम्पादक





  • प्रकाशित मिति : पुस ३, २०८० मंगलबार ८:५३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया