एनसेल शेयर खरिद-बिक्री प्रकरणमा गलत भएको भए हदैसम्मको कारबाही गरिनेछ : प्रधानमन्त्री
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर–खरिद बिक्री अस्वाभाविक रहेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले एनसेलको वैदेशिक लगानी शेयर खरिद–बिक्री, कर राजश्व, विदेशी मुद्रा सटहीसमेतको विषयमा प्रमाण तथा कागजात संकलन भइरहेको बताए ।

प्रधानमन्त्री दाहालले अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्राप्त भएपछि उक्त राय सुझावसहितको आधारमा सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए । 

उनले एनसेल प्रकरणमा कतै, कसैबाट कानुनविपरीतका काम कारबाही भए गरेको पाइए हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए । 

‘सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्नेछ । यस प्रकरणमा कतै, कसैबाट कानून विपरितका काम कारबाही भए गरेको पाइएमा जुन सरकारलाई सहज नलागेकै हुनाले मैले सुरुमै निर्देशन जारी गरेको हो,’ प्रधानमन्त्री दाहालले भने ।  

उनले एनसेल शेयर खरिद–बिक्री सहज नलागेकै कारण सरकारले अध्ययन समिति बनाएको पनि स्पष्ट पारे । 

‘सहज र स्वाभाविक छैन भन्ने देखिएको हुनाले नै निर्देशन जारी गर्नुपरेको हो । यसमा कहीँ न कहीँ गलत छ भन्ने लागेकैले छानबिन समिति बनाइएको हो । यसमा कहीँ कतैबाट कानुनविपरीतका काम कारबाही भए, गरेको पाइएमा कानुनबमोजिम हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ,’ प्रधानमन्त्री दाहालले भने । 





  • प्रकाशित मिति : पुस ३, २०८० मंगलबार १२:४७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया