दुई दिनमा १२७ सांसद निलम्बित

भारतको लोकसभाबाट मंगलबार थप ४९ सांसदलाई निलम्बन गरिएको छ । सोमबार ७८ सांसद निलम्बित भएका थिए । 

पछिल्लो दुई दिनमा दुवै सदनबाट जम्मा १२७ सांसद निलम्बनमा परेका हुन् । निलम्बितकाे सूचीमा फारुक अब्दुल्ला, शशि थरुर, मनीष तिवारीलगायत छन्।

केही महत्त्वपूर्ण विधेयक सदनमा पेस हुन लागेको बेला यो निलम्बन गरिएको हो । विपक्षीहरूले मोदी सरकारमाथि तानाशाहीको आरोप लगाएका छन् ।

हिजो राज्यसभा र लोकसभामा हंगामा भएपछि यति ठूलो संख्यामा सांसद निलम्बित भएका हुन्न। 

डिसेम्बर १३ मा चार व्यक्तिले संसद् परिसरभित्र र बाहिर प्रदर्शन गर्नुका साथै र रंगीन धुवाँ छाडेका थिए । संसद्को सुरक्षामा भएको ठूलो लापरबाहीबारे विपक्षीले गृहमन्त्री अमित शाह र प्रधानमन्त्री नरेन्द्र मोदीसँग सदनमा जवाफ मागिरहेका छन् ।





  • प्रकाशित मिति : पुस ३, २०८० मंगलबार १६:१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया