चिनिया राष्ट्रपति सी र रूसी प्रधानमन्त्रीबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार बेइजिङमा  रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरेका छन् । 

चालू वर्षमा रूसी राष्ट्रपति पुटिनसँग दुईपटक भेटवार्ता गरेको उल्लेख गर्दै राष्ट्रपति सीले दुई देशका सरकार तथा संसद् राजनीतिक दल र स्थानीय तहबीच विभिन्न व्यापारिक सहयोग भएको बताए । 

यस वर्षमा चीन तथा रूसबीचको द्विपक्षीय व्यापार मात्रा दुई सय अर्ब अमेरिकी डलरको लक्ष्य हासिल गरी दुई देशीय सम्बन्ध लाभकारी, लचिलो तथा व्यापक भएको राष्ट्रपति सीको भनाइ छ ।

यसै सन्दर्भमा उनले चीन र रूस सम्बन्धलाई कायम राख्दै विकास गर्नु दुवै देशका जनताको हितमा छनोट भएको बताए । 

चीनले रूसी जनताको रोजाइको विकासको बाटोमा हिड्न सहयोग गरेको बताउँदै राष्ट्रपति सीले आगामी वर्ष चीन रूसको कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वार्षिकोत्सवलाई नयाँ विन्दुमा पुर्याउने विश्वास व्यक्त गरे । 





  • प्रकाशित मिति : पुस ४, २०८० बुधबार १६:२७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया