राष्ट्रपति चुनाव लड्न अयोग्य ठहर गर्ने अदालतको फैसलाविरुद्ध ट्रम्प सर्वोच्च जाने

अमेरिकाका पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्प सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न अयोग्य ठहर भएका छन् । कोलोराडोस्थित अदालतले यस्तो फैसला गरेको हो । 

अमेरिकी संविधानमा रहेको विद्रोहसम्बन्धी धारालाई उद्धृत गर्दै कोलोराडो अदालतले ट्रम्पलाई २०२४ को राष्ट्रपति निर्वाचनको मतपत्रमा अटाउन नसक्ने ठहर गरेको बिबिसीले जनाएको छ । 

सातसदस्यीय इजलासमा बहुमत अर्थात् चार न्यायाधीशले यस्तो फैसला गरेका हुन् । अमेरिकी संविधानको १४औँ संशोधनको धारा ३ को प्रयोग गरी कुनै पनि नागरिकलाई राष्ट्रपति उम्मेदवार बन्न अयोग्य ठहर गरिएको यो पहिलोपटक हो। 

धारा ३ ले संविधानविरुद्ध विद्रोह वा विद्रोहमा संलग्न व्यक्तिहरूलाई अयोग्य ठहराउँछ। यसअघि अमेरिकाका थुप्रै राज्यमा ट्रम्पमाथि चुनाव लड्न रोक लगाउन माग गर्दै मुद्दा परेका थिए। र, ती मुद्दामा ट्रम्प विजयी हुँदै आएका थिए। 

कोलोराडोमा ‘जनवरी ६ मा भएको दंगा’ अघिका कारबाहीका कारण ट्रम्पले राष्ट्रपतिको उम्मेदवार हुन नसक्ने अदालतले फैसला गरेको हो। 

ट्रम्पले अदालतको फैसलाविरुद्ध अमेरिकी सर्वोच्च अदालतमा अपिल गर्ने प्रतिक्रिया दिएका छन्। 





  • प्रकाशित मिति : पुस ४, २०८० बुधबार २३:१२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया