इजरायली प्रधानमन्त्री भन्छन्– हमासको ‘उन्मूलन’ नभएसम्म युद्धविराम हुँदैन

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा इजराइली सुरक्षा बलहरूसँग युद्धरत हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा कुनै युद्धविराम नहुने बताएका छन् ।

उनले एक विज्ञप्तिमा भनेका छन्, ‘निर्धारित सबै उद्देश्य हासिल नभएसम्म हामी युद्ध जारी राख्नेछौँ, हाम्रो उद्देश्य हमासको उन्मूलन, हाम्रा बन्धकहरूको रिहाइ र गाजाबाट खतराको अन्त्य हो ।’

गाजामा सम्भावित युद्धविराममाथि छलफल गर्नका लागि इजिप्टका गुप्तचर प्रमुख अब्बास कामेलसँग कुराकानी गर्न हमास प्रमुख इस्माइल हानियेह बुधबार कायरो गएपछि नेतान्याहुको यस्तो टिप्पणी आएको हो । 

सदस्य राष्ट्रहरूबीच शब्दहरूलाई लिएर भएको खिचातानीले पछिल्ला दुई मतदानमा ढिलाई भएकाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा पनि युद्ध रोक्ने प्रस्तावमाथि बुधबार मतदानको तयारी गरिएको कूटनीतिक सूत्रहरूले एएफपीलाई बताएका छन् । 

यद्यपि प्रधानमन्त्री नेतान्याहुले इजरायली सेनाले गाजामा ‘प्रत्येक स्थान’ मा हमासमाथि आक्रमण गरिरहेको बताए । ‘कसैले हामी रोकिने छौँ भनेर सोचेको छ भने ऊ वास्तविकतासँग जोडिएको छैन, हामीले हमासमाथि आगो वर्षाएका छौँ, हामीले उसका निकट र टाढाका साथीहरूमाथि पनि हमला गरिरहेका छौँ,’ नेतान्याहुले भनेका छन् । 





  • प्रकाशित मिति : पुस ५, २०८० बिहीबार ६:५६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया