जेलमा रहेका इमरान खानले तीन क्षेत्रबाट उम्मेदवारी दिने

पाकिस्तानमा आसन्न आम निर्वाचनमा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले तीनवटा निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भएका छन् । उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले पूर्वक्रिकेटरबाट राजनीतिज्ञ बनेका इमरानले चुनाव लड्ने घोषणा गरेको हो । 

उनी अहिले  इस्लामावादको तल्लो अदालतको ५ अगस्टको फैसलाअनुसार तोशाखाना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर जेलमा छन् । इमरान सरकारमा कार्यवाहक कानुन र न्यायमन्त्री रहेका ब्यारिस्टर अली जफरले अदियालाले इमरान खानले पाकिस्तानको कम्तीमा तीनवटा निर्वाचन क्षेत्रबाट चुनाव लड्ने बताए ।

अहिले जेलमै रहेकाले इमरान खान चुनाव लड्न योग्य भने छैनन् । डन अखबारका अनुसार इस्लामावाद उच्च अदालतले तोशाखाना मामिलामा दोषीलाई चुनौती दिने खानको अपिलमा आफ्नो फैसला केही दिनमै दिए भएकाले त्यसपछि मात्रै इमरान खानको राजनीतिक भविष्यबारे अड्कलवाजी सुरु हुनेछ ।

अदालतबाट सफाइ पाएमा उनले चुनाव लड्न पाउँछन् । अन्यथा उनी उम्मेदवार बन्न पाउने छैनन् । पाकिस्तानमा ८ फेब्रुअरीमा निर्वाचन तोकिएको छ । पाकिस्तानमा बुधबारदेखि उम्मेदवारीको मनोनयन सुरु भएको छ ।  

यो प्रक्रिया २२ तारिखसम्म रहनेछ । इमरानको पार्टीले जेलमा रहेका नेता तथा कार्यकर्तालाई अधिकतम उम्मेदवार बनाउने संकेत गरेको छ । 
 





  • प्रकाशित मिति : पुस ५, २०८० बिहीबार ७:५७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया