इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २० हजार पुग्यो

गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २० हजार नाघेको छ । यस्तै, अहिलेसम्म ५२ हजार ५८६ अन्य घाइते भएका छन् । 

यसैबीच वेस्ट बैंकमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३०१ र घाइतेको संख्या ३ हजार ३६५ पुगेको मन्त्रालयले जनाएको छ । 

गाजामा गत २४ घण्टामा इजरायलको आक्रमणमा २१४ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य ३ सय जना घाइते भएका छन् । 

गत ७ अक्टोबरदेखि इजरायलले दक्षिणी इजरायलमा हमासको आक्रमण पछि गाजा पट्टीमा हमासविरुद्ध युद्ध सुरु गरेको थियो । जसमा इजरायली अधिकारीहरूका अनुसार लगभग १ हजार २ सय इजरायलीहरूको ज्यान गएको छ । 

मृत्यु हुनेमा ८ हजारभन्दा बढी बालबालिका र ६ हजार २ सय बढी महिला रहेका छन् ।  सिन्ह्वा/न्युज एजेन्सी नेपाल  





  • प्रकाशित मिति : पुस ५, २०८० बिहीबार १२:१६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया