मौसम पूर्वानुमान : आज पनि पानी पर्ने सम्भावना

काठमाडौं– मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ । मध्य र पूर्वी पहाडी भेगका एक–दुई स्थानमा मेघ गर्जनसहितको छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । 

बुधबार देशको पूर्वी क्षेत्रमा र अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले प्रक्षेपण गरेको छ । पूर्वी भेगका एक–दुई स्थानमा मेघ गर्जनसहितको छिटपुट वर्षाको सम्भावना देखिएको छ । बिहीबार पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 





  • प्रकाशित मिति : चैत १२, २०७५ मंगलबार ११:१२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया