तीन न्यायाधीशमाथि कारबाही प्रक्रिया अघि बढ्यो

न्याय परिषदले तीन न्यायाधीशमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । परिषदको आइतबारको बैठकले जिल्ला अदालतका न्यायाधीशहरू राजकुमार कोइराला, अम्बिका निरौला र परशुराम भट्टराईमाथिको कारबाही अघि बढाउन जाँचबुझ समिति गठन गरेको हो । 

सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको अध्यक्षतामा गठित समितिलाई विभागीय कारबाहीदेखि भ्रष्टाचार मुद्दा दायरसम्मको निर्णय गर्ने अख्तियारी दिइएको छ । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला हाल जिम्मेवारविहीन छन् । उनीमथि कानुन व्यवसायी रुद्र पोखरेलसँग सहकारी ठगीका इच्छाराज तामाङलाई छुटाउन २ करोड रुपैयाँ घुस ‘डिल’ गरेको आरोप छ । उनको यससम्बन्धी अडियो सार्वजनिक भएको थियो । 

काठमाडौं जिल्ला अदालतकै अर्का न्यायाधीश अम्बिकाप्रसाद निरौलामाथि अपहरण मुद्दाका अभियुक्त दुर्गाबहादुर बुढाथोकीलाई उन्मुक्ति दिएको आरोप छ । 

बुढाथोकी भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणको अभियोगमा पक्राउ परेका थिए । निरौलाको आदेशमा बुढाथोकी छुटेका थिए । 

त्यस्तै, अर्का न्यायाधीश परशुराम भट्टराईमाथि धनुषा जिल्ला अदालतमा रहँदा एक हत्या मुद्दाका आरोपितलाई प्रमाणको प्रतिकूल हुने गरी सफाइ दिएको आरोप छ ।





  • प्रकाशित मिति : पुस ९, २०८० साेमबार २३:८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया