कुशल मल्लको घातक बलिङमा एपिएफविरुद्ध आर्मीको सानदार जित

वीरगञ्जमा जारी प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेटमा नेपाल आर्मी क्लबविरुद्ध एपिएफ क्लब २६ रनले पराजित भएको छ । बुधबार सम्पन्न खेलमा आर्मीले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको एपिएफ १९ ओभरमा ८८ रनमै अलआउट भयो । 

उसका लागि कप्तान प्रदीप ऐरीले ३३ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाए । यस्तै, लोकेश बमले १६ र आशिफ शेखले १२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।  

एपिएफलाई सस्तैमा समेट्नेक्रममा युवा अलराउन्डर कुशल मल्लले घातक बलिङ गरे । उनले ४ ओभरमा १८ रन दिएर ५ विकेट लिए । यस्तै, सोमपाल कामी, अविनाश कर्ण, शाहब आलम, विवेक यादव र बसिर अहमदले एक/एक विकेट हात पारे । 

त्यसअघि वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपाल आर्मी क्लबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १४ रन बनायो । उसका लागि ओपनिङ ब्याटर सन्तोष कार्कीले दुई चौका र एक छक्कासहित सर्वाधिक ३२ रन बनाए । यस्तै, कुशल मल्लले २२, सन्दीप रजालीले १६ र कप्तान विनोद भण्डारीले १० रनको योगदान दिए । 

एपिएफका लागि अमरसिंह रौटेलाले ४ ओभरमा ११ रन दिएर ५ विकेट लिए । यस्तै, हरिशंकर साहले दुई र अविनाश बोहराले एक विकेट हात पारे । योसँगै आर्मी शतप्रतिशत जितका साथ सेमिफाइनलमा पुगेको छ । उसले लिग चरणमा पाँचवटै खेल जित्यो । 

एपिएफले भने चार खेल खेल्दा एक म्याचमा मात्र जित निकाल्न सकेको छ । सेमिफाइनलमा पुग्न उसले अब पाँचौं खेलमा पर्सा इलाभेनलाई राम्रो नेट रनरेटमा हराउनैपर्ने समीकरण बनेको छ । 





  • प्रकाशित मिति : पुस ११, २०८० बुधबार १२:५४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया