एनआरएनएले नेपालमा यसै वर्ष १० अर्ब लगानी गर्ने

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालका पूर्वाधार विकासमा यसै वर्ष १० अर्ब लगानी गर्ने भएको छ ।   एनआरएनए)ले सरकारसँग मिलेर १० अर्बभन्दा बढीका परियोजनामा लगानी गर्नेगरी सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ ।

त्यसका लागि एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्ड स्थापना गरिने छ । सो कोषमा नेपाल सरकारसमेतको लागानी रहनेछ । कोषको अधिकृत पुँजी २० अर्ब र चालू पुँजी १० अर्ब रहने गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा गैरआवासीय नेपाली संघ लगानी तथा वाणिज्य प्रवर्द्धन कार्यदलका अध्यक्ष कुमार पन्तले बताए ।

यसअघि गैरआवासीय नेपालीहरूले विभिन्न आयोजनामा छुट्टाछुट्टै लगानी गर्दै आएका थिए । त्यसरी लगानी छरिएर आउँदा ठूलो परिणाम नदेखिएकाले अब कम्पनी नै खडा गरेर एकमुष्ठ रुपमा लगानी गर्न लागिएको पन्तले जानकारी दिए ।

सोसम्बन्धी सम्झौतापत्र तयार भइसकेको छ । सो सम्झौतापत्रमा एनआरएनए अध्यक्ष भवन भट्ट तथा नेपाल सरकारका प्रतिनिधिले लगानी सम्मेलनका क्रममा हस्ताक्षर गर्नेछन् । सम्झौतापत्रमा गैरआवासीय नेपालीको लगानी सुनिश्चित र सुरक्षित गर्न नेपाल राष्ट्र बैक, कम्पनी रजिस्ट्रार कार्यालय र सुरक्षा बोर्डले सबै आवश्यक प्रबन्ध मिलाउने प्रस्ताव गरिएको छ ।

नेपालबाहिर रहेका गैरआवासीय नेपालीलाई सेयर होल्डर बनाउने गरी गठन हुने लगानी कोषको ८५ प्रतिशत पुँजी गैरआवासीय नेपालीलाई सेयर वितरण गरी संकलन गरिनेछ । कोषमा नेपाल सरकारको पनि सामान्य हिस्सा रहनेछ ।

नेपालमा बस्ने नेपालीले भने कम्पनीको सेयर किन्न पाउने छैनन् । कम्पनी खडा भएको १ वर्षभित्र नेपालमा १० अर्ब भित्र्याइनेछ । 





  • प्रकाशित मिति : चैत १२, २०७५ मंगलबार १४:४६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया