जापान भूकम्प : मृतकको संख्या ७३ पुग्यो, १५ बेपत्ताको सूचीमा

पश्चिमी जापानमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ७३ जनाको मृत्यु भएको छ । भूकम्पले भत्किएका भवनको भग्नावशेषमा अझै धेरै मानिस फसेको आशंकामा उद्धारकर्मीले स्निफर कुकुरको सहयोगमा खोजीकार्य जारी राखेका छन् । 

अहिलेसम्म १५ जना आधिकारिक रूपमा बेपत्ता रहेको बताइएको छ । बुधबार इशिकावा प्रिफेक्चर र आसपासका क्षेत्रमा ४.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो । 

सोमबार दिउँसो गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि महसुस गरिएका परकम्पहरूमध्ये यो एक थियो । भूकम्पपछिको वर्षाले चिसो बढेको छ । जसका कारण घरबारविहीन भएका मानिसले प्रकृतिको प्रकोपको सामना गरिरहेका छन् । 

वर्षाका कारण धेरै ठाउँमा पहिरो खसेपछि उद्धारकर्मीलाई थप समस्या भइरहेको छ ।सोमबारको भूकम्पको केन्द्रविन्दु टोकियोबाट करिब ३०० किलोमिटर टाढा नोटो नजिक थियो । 

भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको थियो, जसका कारण केही ठाउँमा एक मिटरभन्दा अग्लो छालहरू निस्केका थिए । यस्तो विपद्मा विशेषगरी पहिलो ७२ घण्टा निकै महत्वपूर्ण हुने विज्ञहरू बताउँछन् ।





  • प्रकाशित मिति : पुस १९, २०८० बिहीबार १०:३७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया