म्यानमारको ७६ औँ स्वतन्त्रता दिवसमा ९ हजारभन्दा बढी कैदीलाई माफी

म्यानमाको राज्य प्रशासन परिषद्ले देशको स्वतन्त्रता दिवसको ७६औँ वर्षगाँठको उपलक्ष्यमा बिहीबार ९ हजारभन्दा बढी कैदीलाई माफी दिएको छ । 

म्यान्मारका ९ हजार ६५२ र अन्य मुलुकका ११४ जना कैदीलाई मानवीय तथा शान्तिको अधिकार प्रत्याभूति गर्न बनेको म्यान्मारको कानुनको प्रावधान बमोजिम सजाय मिनाहा गरिएको आदेशमा उल्लेख छ । 

गत वर्ष देशको स्वतन्त्रता दिवसको ७५ औँ वर्षगाँठमा ७ हजार १२ कैदीलाई आममाफी दिइएको थियो ।

१ अगस्ट २०२३ मा म्यान्मारको दोस्रो वासो चन्द्र महिनाको पूर्णिमाका दिन पर्ने बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व धम्मकाक्का दिवसको उपलक्ष्यमा सात हजारभन्दा बढी कैदीबन्दीलाई आममाफी दिएको थियो । 





  • प्रकाशित मिति : पुस १९, २०८० बिहीबार १२:१०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया