logo-img

अयोध्यामा नवनिर्मित राममन्दिर पाँच मण्डपसहित १६१ फिट अग्लो बनाइने

अयोध्यामा निर्माणाधीन राम मन्दिरको स्वरूप परम्परागत नगरा शैलीमा रहेको र मन्दिरको लम्बाइ ३८० फिट, चौडाइ २५० फिट र उचाइ १६१ फिट रहेको श्री राम जन्मभूमि तीर्थ क्षेत्र कोषले जनाएको छ । 

मन्दिरहरूमा शिखर शैलीका अग्लो पिरामिड आकारका टावरहरू रहनेछन् भने शिखरमा कलशसहित मन्दिरका स्तम्भ तथा पर्खालहरू मूर्तिकलाले सजिएका छन् ।

तीनतले मन्दिरमा तीन सय ९२ स्तम्भ तथा ४४ ढोका बनाइएको छ । मन्दिरको सबैभन्दा विशेष स्थान भगवान् श्रीरामको प्रतिमूर्ति राखिने गर्भगृहमा उनको बाल्यकालको स्वरूप र पहिलो तल्लामा श्रीराम दरबार रहनेछ ।

मन्दिरमा नृत्यमण्डप, रङ्गमण्डप, सभा मण्डप, प्रार्थना र कीर्तन मण्डप गरी पाँच मण्डप बनाइएको छ । मन्दिरका स्तम्भ तथा  पर्खालहरू  देवी देवताहरूको मूर्तिहरू सजिएका छन् । सिंहद्वार हुँदै ३२ वटा सिँढी चढेर पूर्वबाट मन्दिर प्रवेश गर्न सकिन्छ । असहजताको सुविधाका लागि  लिफ्ट लगायतको व्यवस्था गरिएको छ ।

सात सय ३२ मिटर लम्बाइ तथा १४ फिट चौडाइ भएको आयताकार पर्खालले मन्दिरलाई घेरेको छ ।  मन्दिर परिसरको चार कुनामा सूर्यदेव, देवी भगवती, गणेश मन्दिरहरू बनाइएको छ । उत्तरमा माँता अन्नपूर्णको मन्दिर र दक्षिणमा हनुमानको मन्दिर रहनेछ ।   





  • प्रकाशित मिति : पुस १९, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया