गाजाबाट ५१ जना प्यालेस्टिनी महिला इजरायली सेनाद्वारा गिरफ्तार

इजरायली सेनाले हमाससँग चलिरहेको युद्धका बीच गाजा पट्टीबाट कम्तीमा ५१ जना प्यालेस्टाइनी महिलालाई पक्राउ गरेको प्यालेस्टाइनी समूहले बिहीबार बताएको छ ।

'प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनीज एण्ड एक्स-प्रिजनर्स अफेयर्स अथोरिटी र 'प्यालेस्टाइन प्रिजनर्स क्लबले' संयुक्त विज्ञप्ति जारी गर्दै ती महिलाहरूलाई इजरायलको डेमोन जेलमा राखिएको बताएको छ। पक्राउ पर्नेमा ८२ वर्षीया महिला र उनका थुप्रै आफन्त पनि रहेको उनीहरूले बताएका छन् ।

समूहहरूले गाजाबाट महिला बन्दीहरूको वास्तविक सङ्ख्या बढी रहेको  जानकारी आएको  तर तिनीहरूसँग डेमोन जेलमा रहेकाहरूको बारेमा मात्र स्पष्ट तथ्याङ्क  रहेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको - गिरफ्तार महिलाहरूले 'यातना र अपमान'को सामना गर्नुपरेको छ र गाजाका  अन्य बन्दीहरू जस्तै 'पीडादायी परिस्थिति'मा हिरासतमा राखिएका छन् ।

इजरायलले मानवअधिकार सङ्गठनका वकिलहरूलाई बन्दीहरूलाई भेट्न र तिनीहरूको अवस्थाबारे बुझ्न रोकेको र साथै रेडक्रसको अन्तरराष्ट्रिय समितिलाई त्यहाँ पहुँच दिन पनि अस्वीकार गरेको बताएको छ।

यता इजरायली जेल प्रशासनले भने, 'त्यहाँ केवल ६६१ जना गाजा बन्दीहरू रहेको खुलासा गरेको छ र तिनीहरूलाई 'गैरकानूनी लडाकु' भनेर दर्जा दिइएको छ।'





  • प्रकाशित मिति : पुस १९, २०८० बिहीबार २३:०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया