बंगलादेशमा विपक्षी दल बिएनपीद्वारा आम हडतालको घोषणा

बंगलादेशमा आम चुनावका लागि आउँदो आइतबार मतदान हुँदै छ । सत्तारुढ दल जसरी पनि चुनाव गराउने र विपक्षी दल जसरी पनि विथोल्ने रणनीतिमा उत्रिदा सुरक्षा व्यवस्था विथोलिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बंगलादेशको प्रमुख विपक्षी दल बीएनपीले आम निर्वाचनको विरोधमा बिहीबारदेखि ४८ घण्टाको राष्ट्रव्यापी आम हडतालको घोषणा गरेको छ । चुनावको मिति घोषणा भएदेखि नै बिएनपीले यी निर्वाचन बहिष्कार गर्दै आएको छ । 

वर्तमान प्रधानमन्त्री शेख हसिनाको उपस्थितिमा देशभर निष्पक्ष निर्वाचन हुन नसक्ने बिएनपीले लगातार आरोपहरु लगाउँदै आएको छ । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको बंगलादेश नेसनलिस्ट पार्टीले देश भरी चुनाव गराउन अन्तरिम निर्दलीय तटस्थ सरकारको माग गरेको छ । 

सत्तारुढ अवामी लिग सरकारले यो मागलाई अस्वीकार गरेको छ । बिएनपीका सह वरिष्ठ महासचिव रुहुल कबीर रिजभीले बिहीबार पत्रकार सम्मेलन गरी आमहड्तालको घोषणा गरेका हुन् ।
हडतालका क्रममा पक्राउ परेका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर र स्थायी समिति सदस्य अमिर खसरु महमुद चौधरीलगायतका नेताहरुको रिहाइको पनि माग गर्दै आएको छ । 
ह्युमन राइट्स वाचका अनुसार प्रहरीले हजारौं विपक्षी कार्यकर्ता र व्यक्तिहरूलाई पक्राउ गरेको छ । 

विगत तीन महिनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । राजनैतिक हिंसामा बस र ट्रक सहित कैयौं सवारी साधनमा आगजनी गरिएको थियो ।

सरकारले सशस्त्र बल बाहेक कोस्ट गार्ड, बोर्डर गार्ड बंगलादेश (बिजिबी) र र्यापिड एक्सन बटालियन (आरएबी) का सदस्यहरू पनि चुनावी काममा खटाएका छन् ।  चुनावका लागि देशभर अर्धसैनिक सीमा गार्डको एक हजार एक सय ५१ प्लाटुन तैनाथ गरिएको छ ।





  • प्रकाशित मिति : पुस २०, २०८० शुक्रबार ८:२५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया