अमेरिका र क्यानडा जान इच्छुक विद्यार्थीका लागि ‘आवेदन दिवस’ मनाउँदै हब इन्टरनेशनल

काठमाडौंको हात्तीसारस्थित रहेको हब इन्टरनेशनल एजुकेसनले उच्च शिक्षाका लागि अमेरिका र क्यानडाका लागि आवेदन दिन इच्छुक विद्यार्थीका लागि विशेष अवसर प्रदान गर्दैछ । 

हबले आगामी शुक्रबार अर्थात् १२ जनवरीमा अमेरिका र क्यानडालाई उच्च शिक्षा लागि गन्तव्य मुलुक बनाउन उद्देश्य राखेका विद्यार्थीका लागि ‘अमेरिका, क्यानडा आवेदन’ दिवस मनाउँदै छ । 

यस दिवसले अमेरिका र क्यानडालाई उच्च शिक्षाको रोजाइ बनाउने सपना देखिरहेका विद्यार्थीलाई मार्गदर्शन गर्ने हब इन्टरनेशनल एजुकेसनले जनाएको छ ।

दिवसका दिन अमेरिका र क्यानडाका प्रसिद्ध विश्वविद्यालयका प्रतिनिधिको उपस्थिति रहनेछ । दिवसमा उपस्थित विद्यार्थीले कलेजका प्रतिनिधिहरूसँग प्रत्यक्षरूपमा जानकारी हासिल गर्न सक्नेछन् ।

यस दिवसमा विद्यार्थीले आफूलाई लागेका प्रश्नहरू प्रतिनिधिलाई सोध्न पाउनेछन् । यस दिवसमा अन्य क्रियाकलापलाई पनि स्थान दिइनेछ । 

दिवसमा के–के छन् विशेषता ? 



निःशुल्क प्रवेश : हब इन्टरनेशनल एजुकेसनले ‘अमेरिका र क्यानडा आवेदन’ दिवसका दिन अभिभावक तथा विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ ।

आवेदन शुल्क छुट : इच्छुक विद्यार्थीहरूले आवेदन शुल्क छुटबाट फाइदा उठाउन सक्छन् । संयुक्त राज्य अमेरिका र क्यानडाका प्रख्यात विश्वविद्यालयमा आवेदन दिन चाहने विद्यार्थीको लागि सहज आवेदन प्रक्रियालाई सहयोग पुग्छ ।



भविष्य र लगानीमा मार्गदर्शन : आवेदन दिवसमा उपस्थित सम्बन्धित क्षेत्रका व्यक्तिले सुनिश्चित भविष्यको मार्ग र शैक्षिक लगानीका बारेमा प्रकाश पार्नेछन् । जसले विद्यार्थीलाई उपयुक्त गन्तव्यका छनोटमा महत्वपूर्ण योगदान प्रदान हुनेछ । 

हरेक व्यक्तिसँग प्रत्यक्ष कुराकानी : दिवसका दिन उपस्थित भएका विश्वविद्यालयलगायतका हरेक व्यक्तिसँग विद्यार्थी, अभिभावकले प्रत्यक्ष कुराकानीको मौका पाउनेछन् । सहभागीले भर्ना प्रक्रिया, पाठ्यक्रम र क्याम्पस जीवनबारेमा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष कुराकानी गर्न पाउनेछन् । 

आइएलटिएस र पिटिई कक्षा सञ्चालन : उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई हब इन्टरनेशनल एजुकेसनले आइएलटिएस र पिटिई तयारी कक्षाहरू धमाधम सञ्चालन गर्दैछ । 

मनोरञ्जनका साथै पुरस्कार : ‘अमेरिका र क्यानडा आवेदन’ दिवसका दिन उपस्थित अभिभावक, विद्यार्थीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्य विभिन्न खेल खेलाइने छ । यसका साथै उक्त दिवसमा उपस्थित भएका विद्यार्थी, अभिभावक तथा अन्य व्यक्तिलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । 

हब इन्टरनेशनल एजुकेसनले सबै इच्छुक विद्यार्थी र तिनीहरूका परिवारलाई क्यानडा र संयुक्त राज्य अमेरिकामा शैक्षिक अवसरको खोजीका लागि यो अनुपम अवसरलाई नगुमाउन प्रोत्साहन गर्दछ । यो कार्यक्रम शैक्षिक गुणस्तर, सांस्कृतिक खोज, सुनिश्चित भविष्यको खोजी गरिरहेका विद्यार्थी तथा अभिभावकलाई लक्षित सञ्चालन गर्न लागिएको हब इन्टरनेशनल एजुकेसनले जनाएको छ । 

उज्यालो शैक्षिक भविष्य र आफ्नो सपनाको कलेजमा सुरक्षित प्रवेशका लागि बाटो पहिल्याउने मौकाको फाइदा उठाउन हब इन्टरनेशनल एजुकेसनले अभिभावक तथा विद्यार्थीलाई आह्वान गरेको छ । 

  • प्रकाशित मिति : पुस २०, २०८० शुक्रबार १६:५३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया