युवा शक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले युवा शक्तिलाई स्वदेशमै रोजगारको व्यवस्था गर्न राज्यले ‘विशेष पहल’ गर्नुपर्ने बताएकी छिन् । 

यशोदादेवी भगवान्सिंह केसी मेमोरियल ट्रष्टले आज नुवाकोटको विदुरमा आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले केही समयअघि रोजगारीका लागि मात्र विदेश जाने गरेकोमा अहिले अध्ययनका पनि विदेशिनेको संख्या धेरै भएकाले त्यसलाई कम गर्नका लागि विशेष पहल आवश्यक भएको बताइन् । 

‘स्वदेशमै रोजगारको अवसर सिर्जना गर्न सरकार गम्भीर हुनुपर्छ,’ उनले भनिन्, ‘दक्ष जनशक्तिलाई स्वदेशमा फर्काउने नीति ल्याउनुपर्छ ।’

नेपालको भूमि विश्वमै उत्कृष्ट भए पनि यहाँको प्राकृतिक स्रोतको उपयोग र उब्जनीयुक्त भूमिको उपयोगबाट मुलुकलाई आर्थिक रूपमा समृद्धि बनाउनतर्फ तीनै तहका सरकारलाई गम्भीर बन्न उनले ध्यानाकर्षण गराइन् । 

त्यस अवसरमा ‘यशोदादेवी भगवान्सिंह केसी मेमोरियल ट्रष्ट’ले शैक्षिकसत्र ०७८ र ०७९ मा नुवाकोट र रसुवाको सामुदायिक विद्यालयबाट एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र शैक्षिक गुणस्तर सुधार गर्ने विद्यालयलाई नगदसहित सम्मान गरेको थियो ।





  • प्रकाशित मिति : पुस २१, २०८० शनिबार २२:५२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया