त्रिवि उपकुलपति नियुक्तिको दरखास्त आह्वान रद्द

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्द गरिएको छ । गत २० गते सिफारिस समितिले माग गरेको दरखास्त सरकारले आज रद्द गरिएको सूचना जारी गरेको हो । 

गत शुक्रबार प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्याउन निर्देशन दिएका थिए । 

प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुन सक्ने भन्दै त्यस्तो त्रुटीपूर्ण प्रावधान सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिए । 

शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नु भनेको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।  

रद्द गरिएको सूचना : 





  • प्रकाशित मिति : पुस २२, २०८० आइतबार ७:८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया