कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइराला

कोशी प्रदेशप्रमुख परशुराम खापुङले प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइरालालाई नियुक्त गरेका छन् । प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा, १६० को उपधारा(२) बमोजिम विराटनगर महानगरपालिका–९ निवासी कोइरालालाई प्रदेशप्रमुख खापुङले आज उक्त पदमा नियुक्त गरेका हुन् । 

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले प्रदेशप्रमुखको कार्यालयमा आज आयोजित एक समारोहमा नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालालाई पद तथा गोपनीयताको शपथ गराए । 
    
त्यस अवसरमा प्रदेशप्रमुख खापुङ, मुख्यमन्त्री कार्की, प्रदेशका मन्त्री तथा प्रदेश मन्त्रालय र निकायका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।





  • प्रकाशित मिति : पुस २२, २०८० आइतबार १८:५५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया