सत्ता गठबन्धनले राप्रपाका विष्टलाई बनायाे सभामुख, राप्रपाले कारबाही गर्ने

कोशी प्रदेशको सभामुखमा अम्वरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । राप्रपाका विष्ट सत्ता गठबन्धनकाे समर्थनमा काेशीकाे सभामुख निर्वाचित भएका हुन् । 

मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।

सभामुखका लागि विष्टको मात्र उम्मेदवारी परेको थियो । सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय गरेपछि एमालेले पनि विष्टलाई समर्थन गरेको हो । 

राप्रपाबाट समानुपातिक सांसद विष्टलाई सत्ता गठबन्धन र एमालेले सभामुखमा निर्वाचित गरे पन राप्रपा केन्द्रले भने उनलाई कारबाही गर्ने भएकाे छ । 

केन्द्रकाे सहमतिविना सत्ता गठबन्धनकाे समर्थनमा सभामुख बनेकाे भन्दै राप्रपाले उनलाई कारबाहीकाे तयारी गरेकाे हाे । 





  • प्रकाशित मिति : पुस २४, २०८० मंगलबार १६:१७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया