सामुदायिक विद्यालय समायोजन गर्दै स्थानीय तह

कञ्चनपुरमा स्थानीय तहले विद्यालय समायोजन र व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएका छन् । जिल्लामा नौ पालिकामा ५७ सामुदायिक विद्यालय छन् । भीमदत्त नगरपालिकाले विद्यालयको स्थलगत अनुगमन गरी तयार गरिने प्रतिवेदनका आधारमा व्यवस्थापन गर्ने जनाएको छ ।

भीमदत्त नगरपालिका शिक्षा शाखाका प्रमुख कलावती मिश्रले सामुदायिक विद्यालयको अनुगमन जारी रहेको बताइन् । ‘४० वटा विद्यालयको समग्र अवस्थाबारे स्थलगत अनुगमन भइसकेको छ’, उनले भनिन्, ‘सोक्रममा विद्यार्थीको सङ्ख्या, विद्यालयको अवस्था र विद्यालयबीचको दूरीलगायतका विषय बुझ्ने गरिएको छ ।’ मिश्रले प्रतिवेदनपछि मात्रै विद्यालय समायोजनदेखि व्यवस्थापनका विषय अघि बढ्ने जानकारी दिइन् । 

त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले गत वर्ष नै विद्यालय समायोजन गर्ने लक्ष्यसहित सामुदायिक विद्यालय अनुगमन गरिसकेको छ । शिक्षा शाखाका प्रमुख सुरेशप्रसाद भट्टले गत वर्ष शैक्षिकसत्र सुरु भइसकेकाले समायोजनको निर्णय हुन नसकेको बताए ।  

त्यसैगरी कञ्चनपुरको दोधारा चादँनी नगरपालिकाले सामुदायिक विद्यालयमा समायोजन गरिसकेको छ । यहाँको शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीले यहाँ एउटा सामुदायिक विद्यालय समायोजन गरिएको बताए । 

शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयका प्रमुख दीपक कलौनीले कञ्चनपुरमा बेदकोट र दोधारा चादँनी नगरपालिकामा एक–एक विद्यालय समायोजन भएको जानकारी दिए । कञ्चनपुरमा कुल २ सय ५९ सामुदायिक विद्यालय सञ्चालित छन् । रासस 





  • प्रकाशित मिति : पुस २५, २०८० बुधबार ८:७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया