संघीयताको लाभ जनताले अनुभूत गर्न सकेनन्, अब राष्ट्रिय सभामा गएर उद्देश्य पुरा गर्छौँ : कृष्णप्रसाद सिटौला

राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीयता कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रिय सभाबाट इमान्दारीका साथ पूरा गर्ने बताएका छन् ।

विराटनगरमा बुधबार सञ्चारकर्मीहरूसँगको भेटमा बोल्दै उनले संघीताको लाभ जनताले अनुभूत गर्न नसकेको भन्दै कानुन अभावमा संघीयता कार्यान्वयन नभएकोले अब त्यस्तो अवस्था रहन नहुने बताए ।

लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार संघीयता कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै सिटौलाले भने, ‘यो व्यवस्था जनताका लागि आएको हो । जुन सङ्कल्प गरेर यो व्यवस्था ल्याएका हौँ त्यसअनुसार काम गर्न सकेका छैनौँ, त्यो उद्देश्य पूरा गर्नेतर्फ हामी जिम्मेवारीका साथ राष्ट्रिय सभामा गएर काम गर्नेर्छौँ ।’

संघीयता कार्यान्वयन नहुँदा प्रदेश सरकार सरकारजस्तो नभएर विकास एजेन्सी जस्तो हुन पुगेको भन्दै उनले प्रदेशलाई अधिकार सम्पन्न बनाएर सरकारजस्तो बनाउन भूमिका खेल्ने बताए । 

संघीयता कार्यान्वयनका हिसाबले पहिलो पाँच वर्ष त्यसै खेर गएको टिप्पणी गर्दै सिटौलाले भने, ‘पहिलो पाँच वर्ष संघीयता कार्यान्वयन गर्न नसकी खेर गएको छ । जसले जनतालाई विकासको अनुभूति दिलाउन सकेन । प्रदेश सरकार वास्तवमा सरकार हुन पाएन, अब प्रदेशलाई आवश्यक कानुन दिने, शिक्षा, स्वास्थ्य, र अन्य विषयमा प्रदेशलाई जिम्मेवार बनाउने गरी संविधान कार्यान्वयन गर्नेतर्फ हाम्रो भूमिका रहनेछ ।’ 





  • प्रकाशित मिति : पुस २५, २०८० बुधबार ११:५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया